काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७७ का लागि विद्युतीय भुक्तानी सेवा प्रदायक ईसेवासँग सहकार्य गरेको छ ।
काठमाडौंमा आयोजिक एक कार्यक्रमका क्रममा स्पोर्ट्स अवार्ड अन्तर्गत पिपल्स च्वाइस विधाको भोटिङका लागि एनएसजेएफ र ईसेवाबीच प्रायोजक सम्झौता भएको हो ।
एनएसजेएफका अध्यक्ष देवेन्द्र सुवेदी तथा ईसेवाका चिफ म्यानेजर आशिष गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
पिपल्स च्वाइस विधाका विजेता खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट चुनिने छ ।
पिपल्स च्वाइस विधाको लागि ईसेवाको मतभार ५० प्रतिशत रहेको छ ।
अवार्ड चैत ८ गते आयोजना हुनेछ ।