काठमाडौं । ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनशीपको उपाधि जितेको नेपाल एपीएफ क्लबले नगद २ लाख प्राप्त गरेको छ ।
टियु क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा एपीएफले सुदुरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।
उपविजेता बनेको सुदुरपश्चिमले १ लाख प्राप्त गर्यो ।
एपीएफकी ज्योती पाण्डे प्लेयर अफ द टुर्नामेन्ट, उत्कृष्ट ब्याटर तथा प्लेयर अफ द फाइनल बनेकी छन् ।
उनले प्लेयर अफ द टुर्नामेन्टका लागि २५ हजार, उत्कृष्ट ब्याटरका लागि १५ हजार तथा प्लेयर अफ द फाइनलका लागि ३ हजार प्राप्त गरिन् ।
सुदुरपश्चिमकी इश्वरी विष्ट उत्कृष्ट बलर बन्दै नगद १५ हजार प्राप्त गरिन् ।