काठमाडौं । राफायल नाडालले मेक्सिकन ओपन टेनिसको उपाधि हात पारेका छन् ।
आईतबार भएको फाइनलमा बेलायती नम्बर १ क्यामरोन नोरीलाई सोझो सेटमा पराजित गर्दै स्पेनिस खेलाडी नाडालले उपाधि जितेका हुन् ।
नाडालले नोरीलाई ६–४ र ६–४ को सेटमा पराजित गरे ।
नाडालले सन् २०२२ मा खेलेका तीनवटै प्रतियोगिताको उपाधि जितेका छन् ।
अष्ट्रेलियन ओपनको उपाधि जित्दै उनी २१ पटक ग्रान्ड स्लाम जित्ने पहिलो खेलाडी बनेका थिए ।
समग्रमा नाडालको यो ९१ औं उपाधि हो ।
सन् २००५ मा १८ वर्षको उमेरमा तथा सन् २०२२ मा ३५ वर्षको उमेरमा उपाधि जितेका नाडाल सबैभन्दा कम उमेर तथा सबैभन्दा बढी उमेरमा मेक्सिकन ओपनको उपाधि जित्ने खेलाडी बनेका छन् ।