पोखरा । गोपीबहादुर भट्टराई र धरमसिंह लामिछानेको जोडिले नविन श्रेष्ठ र राजु गुुरुङ्गको जोडीसंग पोखरामा जारी रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिताको डबल्सतर्फ उपाधीका लागि भिड्ने भएका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न डबल्सतर्फको सेमिफाइनल खेलहरुमा जित हाँसिल उनीहरुले उपाधीका लागि अन्तिम प्रतिस्पर्धा निश्चित गरेका हुन् ।
प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनलमा गोपी र धरम जोडीले लोक गुरुङ्ग र राजन पौडेलको जोडीमाथि ६–४, ७–५ को नजित निकाल्दै फाइनलमा स्थान सुरक्षित पार्दा अर्को सेमिफाइनलमा नविन श्रेष्ठ र राजु गुरुङ्गको जोडीले नविन चालिसे र शरण गुरुङ्गको जोडीमाथि ६–४, ६–३ को सोझो सेटमा खेल आफ्नों पक्षमा पार्दै फाइनलमा स्थान पक्का गरेका हुन् ।
रेवा पोखराको मुख्य प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत सिनियर भेट्रान्सको एकल उपाधीका लागि गोपीबहादुर भट्टराई र राजन पौडेलविच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका फाइनल खेलहरु आइतबार बिहान हुने आयोजक संघले जनाएको छ ।
प्रतियोगितामा खुल्ला एकलतर्फका विजेताले नगद १५ हजार तथा दोश्रो हुनेले नगद ७ हजार ५ सय सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । डबल्सतर्फ विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । नवप्रवेशितर्फका विजेता र उपविजेताले ट्रफि पुरस्कार प्राप्त गर्नेछन् ।