मिलान बराबरीमा रोकियो
शनिबार, १४ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको एसी मिलान बराबरीमा रोकिएको छ ।
शुक्रबार राति भएको खेलमा मिलानले उडीनेजेसँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा मिलान रोकिएको हो ।
खेलको २९ औं मिनेटमा राफायल लियोले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ६६ औं मिनेटमा डेस्टिननी उडोगियोले गोल गर्दै उडीनेजेलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै मिलानले २७ खेलमा ५७ अंक जोडेको छ ।
मिलान शीर्ष स्थानमा रहेको छ ।
उडीनेजे २६ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
मिलान बराबरीमा रोकियो






-1778148743099.webp&w=3840&q=75)





-1778080143092.jpeg&w=3840&q=75)
