पोखरा । रेवान पोखरा भेट्रान्स टेनिस उपाधिका लागि गोपीबहादुर भट्टराई र राजन पौडेल भिड्ने भएका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको सेमिफाइनल खेलमा जित हाँसिल गर्दै राजन र गोपीले उपाधिका लागि भिडन्त पक्का गरेका हुन् ।
पहिलो सेमिफाइनलमा गोपीले धरमबहादुर लामिछानेलाई ६–३, ०–६ र सुपरटाईमा १०–३ ले पराजित गरे । पहिलो सेटमा पराजित धरमले दोश्रो सेट सहज आफ्नो पक्षमा पार्दै खेलमा फर्किने प्रयास गरेपनि तेश्रो सेटमा उनले लय गुमाउन पुगेका थिए ।
अर्को सेमिफाइनलमा राजनले हुम आलेको चुनौतीलाई पार गर्न सुपर टाईमै पुग्नु प¥यो । पहिलो सेटमा ६–१ को स्कोर बनाएका हुमले दोश्रो र तेश्रो सेट भने गुमाउन पुगे । राजनले दोश्रो सेट ६–४ ले तथा तेश्रो सेट सुपर टाईमा १०–४ ले कब्जा गर्दै खेल आफ्नो पोल्टामा पार्न सफल भए ।
प्रतियोगितामा खुल्ला एकलतर्फका विजेताले नगद १५ हजार तथा दोश्रो हुनेले नगद ७ हजार ५ सय सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । डबल्सतर्फ विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् ।