आइतबार, १३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलकुदलाई उद्योगको रुपमा विकास गर्नुपर्छ– गहतराज

शुक्रबार, १३ फाल्गुण २०७८खेलपाटी संवाददाता
खेलकुदलाई उद्योगको रुपमा विकास गर्नुपर्छ– गहतराज
Loading ad...
mustang rice ad

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाल क्रिकेट संघ (क्यान) ले खेलकुदलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

कैलालीको धनगढीमा शुक्रबारबाट सुरु भएको क्यानको वार्षिक साधारण सभाको उदघाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गहतराजले खेलकुदलाई उद्योगको रुपमा विकास गर्नुपर्ने धारणा राखेका हुन् ।

‘राज्यले खेलकुदमा अत्यन्त न्यून बजेट छुट्याउदा पूर्वाधार र प्रतियोगितामा असर परेको छ, त्यसैले अब खेलकुदलाई उद्योगको रूपमा विकास गर्नुपर्छ,’ उनले भने ।

मन्त्री गहतराजले क्यानले क्रिकेट विकासको लागि जनअपेक्षा पुरा गर्ने विश्वास समेत व्यक्त गरे । 

‘क्यानले क्रिकेट विकास हुनुपर्ने आम अपेक्षा पुरा गर्न सक्ने विश्वास लिएको छु । खेल छेत्रमा विगतमा व्यापक राजनीतिकरण हुने प्रचलन विस्तारै कम हुँदै गएको छ । खेल छेत्रमा समर्पित व्यक्तिहरूलाई जिम्मेवारी दिँदै अघि बढ्नुपर्छ,’ मन्त्री गहतराजले थपे ।

यता क्यानका अध्यक्ष चतुर बहादुर चन्दले क्रिकेटलाई व्यावसायिक बनाउन नेपाल टी–ट्वान्टी लिग सञ्चालन गर्ने बताए । 

‘नेपाली क्रिकेटलाई स्थापित गर्न संघले निकै ठुलो संघर्ष गर्दै आइरहेको छ । सरकारी स्तरमा नै क्रिकेटप्रति लगानी कम हुँदै गएको अनुभूति हामीले गरेका छौ । क्रिकेटमा अनुशासन कायम गर्न, पारदर्शी रूपमा काम अघि बढाउन वर्तमान कार्यसमिति कटिवद्ध रहेको छ ।  नेपाल टी–ट्वान्टी लिग सञ्चालन गर्दै क्रिकेटलाई व्यावसायिक बाटोमा अघि बढाउन हामी अघि बढ्दै छौ,’ अध्यक्ष चन्दले बताए । 

साधारण सभाको उदघाटन सत्रमा मन्त्री गहतराज, क्यान अध्यक्ष चन्द, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरि रेग्मी, पूर्व उपाध्यक्ष एवम् सल्लाहकार नरेश श्रेष्ठ, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक बहादुर सिंह, युवा तथा खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मीले शुभकामना मन्तव्य दिएका थिए । 

उदघाटन सत्रमा क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
 

Loading ad...
LiNing Ad
#युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि