काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवको नयाँ नियुक्त र बर्खास्ती सम्बन्धि सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई फागुन आठ गतेको लागि सरेको छ ।
सदस्य सचिव सम्बन्धि विचाराधिन रहेको रिटको सुनुवाई हेर्दा हेर्दैको स्थितिमा फागुन आठ गतेको लागि सरेको हो ।
यस अघि माघ २४ गते पेशी नचढी स्थगित भएको थियो ।
सरकारले राखेपका तत्कालिन सदस्य सचिव रमेश सिलवाललाई गत कात्तिक १ गते बर्खास्त गरेको थियो ।
यस्तै मन्त्री परिषद्ले गत मंसिर १३ गते टंकलाल घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो ।
तर, सिलवालले मन्त्री परिषद्को निर्णयविरुद्ध मुद्दा दर्ता गरेका थिए । सर्वोच्चले सिलवालले दायर गरेको रिटमा पछिल्लो नियुक्ति कार्यान्वयन नगर्नु भन्दै अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।