काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को १६ औं कार्यसमिति बैठक सुरु भएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कार्यसमितिको बैठक सुरु भएको हो ।
यस अघि भर्चुअल रुपमा हुने भनिएको बैठक भौतिक रुपमा सुरु भएको छ । उपाध्यक्षसहित केहि सदस्यले विरोध जनाएपछि बैठक भौतिक रुपमा डाकिएको हो।
बैठकमा मुख्य ५ एजेण्डामा छलफल हुनेछ ।
बैठकमा निर्वाचन नियमावली, अनुशासन समिति पुर्नगठन, निर्वाचन समिति गठन, निर्वाचन पुनरावेदन समिति गठन, संघको वार्षिक कार्यक्रम तथा बजेट सम्बन्धमा छलफल तथा निर्णय हुनेछ ।
यस अघि एन्फाको कार्यसमिति बैठक पुस २२ गते बसेको थियो।
उक्त बैठकले एन्फाको निर्वाचन अगि जेठको १५ गते गर्ने निर्णय गरेको थियो।