काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज बिहीबार बस्ने भएको छ।
एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कार्यसमितिको बैठक डाकेको हो। बैठक बिहान ११:३० बजेपछि सुरु हुनेछ।
यस अघि भर्चुअल रुपमा हुने भनिएको बैठक भौतिक रुपमा हुनेछ। उपाध्यक्षसहित केहि सदस्यले विरोध जनाएपछि बैठक भौतिक रुपमा डाकिएको हो।
बैठकमा विभिन्न एजेण्डामा छलफल हुने बताईएको छ। यस्तै वित्तीय निर्देशक निरञ्जन शाहले गरेको भनिएको आर्थिक हिनामिनाको छानविन प्रतिवेदन उपाध्यक्ष बिर बहादुर खड्काले प्रस्तुत गर्ने तालिका रहेको छ।
बैठकमा निर्वाचन नियमावली, अनुशासन समिति पुर्नगठन, निर्वाचन समितिगठन र निर्वाचन पुनरावेदन समिति गठन, संघको वार्षिक वार्षिक कार्यक्रम तथा बजेट कार्यक्रमको सम्बन्धमा छलफल तथा निर्णय गर्ने एन्फाका एक कार्यसमिति सदस्यले खेलपाटीलाई जानकारी दिए ।
यस अघि एन्फाको कार्यसमिति बैठक पुस २२ गते बसेको थियो।
उक्त बैठकले एन्फाको निर्वाचन अगि जेठको १५ गते गर्ने निर्णय गरेको थियो।