काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को २० जिल्ला क्रिकेट संघको निर्वाचन भएको छ।
क्यानले शनिबार ३९ जिल्लामध्ये २० जिल्लामा नयाँ नेतृत्व चयन भएको जनाएको छ ।
क्यानले विधान २०५५ (तेस्रो संशोधन २०७५) अनुसार २० जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा तथा जिल्ला अधिबेशन सकिएको जनाएको छ ।
क्यानको साधारणसभा अघि चार वर्षे कार्यकाल पूरा भएका जिल्लाको निर्वाचन गरिएको हो ।
तर, क्यानको वार्षिक साधारण सभा भने स्थगित भएको छ ।
यस अघि क्यानको बोर्ड बैठकले पुस १४ र १५ गते धनगढीमा साधारण सभा गर्ने निर्णय गरेको थियो ।
कुन जिल्लामा को अध्यक्ष ?
१. सुनसरी, अध्यक्ष - चेतनाथ पौडेल
२. सिराहा, अध्यक्ष - सुनिल कुमार महासेठ
३. सर्लाही, अध्यक्ष - माधव कर्माचार्य
४. रौतहट, अध्यक्ष - पवन साह
५. बारा, अध्यक्ष - प्रभात कुमार चौरसिया
६. धनुषा, अध्यक्ष - शोभाकान्त पाण्डे
७. कास्की, अध्यक्ष - सञ्जयकान्त सिग्देल
८. नवलपुर, अध्यक्ष - धामनाथ सापकोटा
९. बर्दिया, अध्यक्ष - विनयराज भण्डारी
१०. बाके, अध्यक्ष - सरोबर प्रसाईँ
११. कपिलवस्तु, अध्यक्ष - प्रकाश गैरे
१२. पाल्पा, अध्यक्ष - राजेश श्रेष्ठ
१३. रुपन्देही, अध्यक्ष - हरि बहादुर थापा
१४. नवलपरासी, अध्यक्ष - कृष्ण प्रसाद श्रेष्ठ
१५. सुर्खेत, अध्यक्ष - श्रीधर के सी
१६. डडेलधुरा, अध्यक्ष - हरि प्रसाद उप्रेती
१७. अछाम, अध्यक्ष - अनिल कुवर
१८. कञ्चनपुर, अध्यक्ष - वीरेन्द्र बहादुर चन्द
१९. बैतडी, अध्यक्ष - विनोद बहादुर चन्द
२०. बझाङ, अध्यक्ष - प्रविन्द्र बहादुर धामी