पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले सहारा क्लबको हरेक कार्यमा एन्फाले सहयोग गर्ने बताएका छन् ।
सहारा क्लब पोखराको आयोजनामा बिहीबारदेखि पोखरामा सुरु भएको २० औ आहा रारा गोल्डकप फूटबल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष शेर्पाले पोखराको फुटबल बिकासका लागि सहाराको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
उनले दुई दशक सम्म निरन्तर रूपमा प्रतियोगिता आयोजना गरेको भन्दै क्लबको प्रसंशा गरे ।
त्यस्तै उनले प्रतियोगितालाई पहिलो संस्करण देखिनै प्रायोजन गर्दै आएको आहा रारा तयारी चाउचाउलाई पनि धन्यवाद दिए ।