काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको निर्वाचन अर्को वर्षको जेठमा हुने भएको छ ।
एन्फाको शुक्रबार सकिएको १५ औं कार्यसमिति बैठकले निर्वाचन जेठको १५ गते गर्ने निर्णय गरेको हो ।
यस्तै आगामी फागुन १५ देखि ३० गतेसम्म जिल्ला संघ र चैत १ देखि १० गतेसम्म प्रदेश संघको निर्वाचन गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकले माघको ३० गतेभित्र जिल्ला र प्रदेश संघको निर्वाचन नियमावली तथा निर्वाचन निर्देशिका बनाउने र माघ २९ गते एन्फाको विशेष साधारणसभा गर्ने निर्णय गरेको छ ।
निर्वाचनका लागि नियमावली तथा निर्वाचन निर्देशिका बनाउन बैठकले किरण राईको संयोजकत्वमा ९ सदस्सीय समिति गठन गरेको छ ।
समितिको उप-संयोजक मधुसुधन उपाध्याय, सदस्यमा रत्न कुमार श्रेष्ठ,दिर्घ बहादुर केसी,पूर्णमान चित्रकार,पेमा डोल्मा,दावा लामा, प्रदेश सिंह राठोर र दिनेश ब्यन्जनकर रहेका छन् ।
कार्यसमिति बैठकको निर्णयहरु -