सोमबार, असोज ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
  4. /
  5. भलिबलकी कप्तान बिनिता भन्छिन्, ‘सन्यास पछि मात्र बिहे’

भलिबलकी कप्तान बिनिता भन्छिन्, ‘सन्यास पछि मात्र बिहे’

२०१८ अक्टोबर २२, सोमबारविश्वास थापा

भलिबलकी कप्तान बिनिता भन्छिन्, ‘सन्यास पछि मात्र बिहे’

काठमाडौं । भलिबलकी कप्तान बिनिता बुढाथोकी ईलामको गजुरमुखीमा जन्मिन् । सानैदेखि भलिबल खेल्न महिर थिईन् । घर नजिकै हाई स्कुल थियो । भलिबल कोर्ट पनि ।

उनी स्कुल तहको विद्यालयमा थिईन् । घर नजिकै भलिबल खेलेर देखेर उनी फुरुङ्ग हुन्थिन् । अनि बुबाले घरमै नेट र बल किनिदिए, उनी त्यसैमा रमाउन थालिन् ।

सानोछँदा बिनितालाई भलिबल भन्दा फुटबल धेरै मन पथ्र्योे । उनी फुटबलको राम्रो खेलाडी थिइन् ।

'मैले फुटबल कता गएर खेल्ने भन्ने दोधार भए । गाउँमा फुटबल मैदान थिएन । यदी फुटबल खेलेको भए सायद राष्ट्रिय स्तरको राम्रो खेलाडी हुन्थे होला ।' उनी भन्छिन् ।

स्कुल सकिने बित्तिकै भलिबल खेल्न दौडिएर उनको बाल्यकाल बित्यो । पुरुष होस वा महिला दुवैको कोर्टमा उनी अटाउथिन् । खेलमा बाजी हुन्थ्यो, घम्सा घम्सी हुन्थ्यो ।

सबै टिमको पहिलो रोजाई बिनिता हुन्थिन् । उनलाई परिवारबाट राम्रो सहयोग भयो । बाल्यकालमा घरमै खेलका सामाग्री आउथ्यो, बिनिताका लागि । त्यसले खेललाई राम्रो सहयोग गर्यो ।

त्यो समय बिरेन्द्र रनिङ शिल्ड नामबाट विद्यालय स्तरीय प्रतियोगिता हुने गर्दथ्यो । उनको भलिबल यात्रा सोही प्रतियोगिताबाट सुरु भयो ।

पुर्वाञ्चलबाट भलिबल करियर अघि बढाएकी बिनिताले एक समय काठमाडौंको ताहचल क्याम्पसमा खेल्न पुगिन् । उनको प्रर्दशन देखेर धेरै कलेज र क्लबले उनलाई प्रस्ताव गरे ।

पुर्वाञ्चलबाट मात्र खेल्ने उनलाई कुनै क्लबलाई लिफ्टरको आवश्य परेमा सम्झिहाल्थे ।

‘चितवनबाट खेले, पोखराबाट नि जर्सी लगाए । यही क्रममा मलाई विभागीय टिम एपीएफले समेत बोलायो । अनि मैले कप्तानको भुमिका निर्वाह गरेबाट भलिबलमा पछाडी फर्किएर हेर्न परेको छैन ।’ बिनिता भन्छिन् ।

एपीएफ क्लबबाट बिनिताले धेरै उपाधि जितिन् । बिनिताको कप्तानीमा एपीएफले अझै जितिरहेको छ, यो क्रम जारी छ । महिला भलिबलमा उनको टिम एपीएफलाई चुनौती दिने क्लब निकै कम छ   ।

बिनिता खेलाडी मात्र होईनन् । नेपाली भलिबलको परिवर्तनको एक दृष्टिकर्ता हुन । उनले देखेकी छिन्, नेपाली भलिबल सुतेको, घिस्रेको अनि विस्तारै हिड्न थालेको । उनलाई भलिबलमा निकै परिवर्तन भएको भान छ ।

‘पहिला भलिबल खेल एउटा मेडलमा सिमित थियो । प्रतियोगिता धेरै हुदैन थियो । तर अहिले खेलाडी विश्राम गर्न नपाउने अवस्था बनेको छ । लिगहरु धेरै भएको छ । पहिला भलिबल खेलाडी फुर्सदिला थिए । अहिले प्रतियोगिताको बाढीनै छ । त्यसले नयाँ खेलाडी उत्पादनमा टेवा पुगेको छ ।’ उनी थप्छिन्, ‘बिगत एक दशक पहिला नेपाली राष्ट्रिय टोलीकालागि १२÷१५ जना राम्रा खेलाडी बटुल्न गाह्रो हुन्थ्यो । अहिले राष्ट्रिय टोलीमा राम्रा राम्रा खेलाडी समेत छुट्ने अवस्था छ ।’

नेपालको महिला भलिबलले मारेको फड्कोबाट उनी खुसी छिन् । प्रतियोगिता भएका छन् । पुरस्कार राशी बढेको छ ।भलिबलप्रति मानिसको आकर्षित छन् । खेलले फैलने मौका पाएको छ ।

सबै हेरेर भलिबल कप्तान समेत खुसी ब्यक्त गर्छिन् । बिनिता भन्छिन्, ‘अहिले बिभिन्न प्रतियोगिता भईरहन्छ । त्यसमा नयाँ खेलाडीले राम्रो अवसर पाउछ । उनीमाथि लगानी समेत हुन्छ ।’

विभागीय टोलीका खेलाडीको आयस्रोत छ । तर तत्कालको पारिश्रमिकले मात्र नपुग्ने बिनिताको बुझाई छ । खेल जीवनपछिको आर्थिक पाटो मुख्य चिन्ताको बिषय रहेको छ ।

खेलाडीको भविष्यको ग्यारेन्टी राज्यले गर्न आवश्यक रहेको बिनिता बताउछिन् । बिनिताले नेपाली टोलीको कप्तानी सम्हालेको ४ बर्ष भयो ।

भारतको गुवाहाटीमा भएको साफ गेम्पछि नेपालको महिला टिमले अभ्यास गर्न पाएको छैन । विभागीय टिमका खेलाडीले अभ्यास गरेका छन् । तर बाहिरका राष्ट्रिय खेलाडीले प्रतियोगिता खेल्न पाएपनि अभ्यास गर्न पाएका छैनन् ।

विभागीय टिममा बसेर अभ्यास गर्नु र राष्ट्रिय टिममा रहेर प्रशिक्षण गर्दा फरक पर्ने कप्तान विनिताको बुझाई छ ।

‘अहिले राष्ट्रिय टोलीमा राम्रा खेलाडी छन् । राम्रो प्रशिक्षण पाए दक्षिण एसियामा स्वर्ण पदक समेत सम्भव छ । यस्ता खेलाडी राष्ट्रिय टोलीमा होलान, नहोलान त्यो फरक पाटो हो । र नजिकै आउदै गरेको सागलाई लक्षित गर्दै प्रशिक्षणलाई अगाडी बढाउन सकियो भने स्वर्ण जित्न सकिन्छ ।’ उनी भन्छिन् ।

करिब एक दशक बढी भलिबलमा अनवरत रुपमा लागेकी बिनितालाई मैले सोधे, अब सन्यास ?

उनी भन्छिन् ,‘राष्ट्रिय टोलिमा एउटा राम्रो लिफ्टरको पर्खाइमा छु । यदि राष्ट्रिय टोलीमा राम्रो लिफ्टर आएमा सन्यास लिनेछु ।’ उनी भन्छिन् ।

भलिबललाई राष्ट्रिय खेल घोषित गरेपनि राज्यको तर्फबाट भएको लगानीमा खेलाडीको गुनासो छ ।

‘भलिबललाई राष्ट्रिय खेलको रुपमा विकास गर्न राज्यले जुन प्रकारको लगानी गर्नु पर्दथ्यो । त्यो हुन सकेको छैन । यदी विभागीय टिम नभएको भए महिलाभलिबल खेलाडीको अवस्था निकै नाजुक बन्ने अवस्था थियो ।’ बिनिता भन्छिन् ।

अन्तिममा बिहे ? नेपाली भलिबलमा करिब एक दशक बिताएकी विनिता अविवाहित छिन् ।

कुनै समय बिहे गर्ने सोच नआएको होईन तर मनले मानेन । कारण, सिङ्गो नेपाली महिला भलिबलको कप्तानी  । जिम्मेवारीले उनलाई त्यसतर्फ सोच्ने समयनै दिएन ।

बिनिता भन्छिन्, 'अब भलिबलबाट सन्यास लिएपछि बिहे गर्ने योजनामा छु ।’

 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

विदेशी खेलाडी स्वदेश फर्किन थाले

विदेशी खेलाडी स्वदेश फर्किन थाले

Bhat Bhateni
रियलनजिक पुग्दै बार्सिलोना

रियलनजिक पुग्दै बार्सिलोना

पहिलोपल्ट आर्सनलले ओपन प्लेबाट खायो गोल

पहिलोपल्ट आर्सनलले ओपन प्लेबाट खायो गोल

भारतको फेरि जित, पाकिस्तानको लज्जास्पद कीर्तिमान

भारतको फेरि जित, पाकिस्तानको लज्जास्पद कीर्तिमान

चार खेलाडीले विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप खेल्ने

चार खेलाडीले विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप खेल्ने

श्रीलंका हार्दा नेपाल सेमिफाइनलमा

श्रीलंका हार्दा नेपाल सेमिफाइनलमा

‘यमलले एक दिन बालोन डी’ओर जित्ने छन्’

‘यमलले एक दिन बालोन डी’ओर जित्ने छन्’

गीताको शल्यक्रिया सफल

गीताको शल्यक्रिया सफल

एन्फाले ए डिभिजन क्लबलाई बैठकमा बोलायो

एन्फाले ए डिभिजन क्लबलाई बैठकमा बोलायो