बिहिबार, १० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

यू-१९ एसिया कप : हारबाट नेपालको सुरुआत

शुक्रबार, ०९ पौष २०७८खेलपाटी संवाददाता
यू-१९ एसिया कप : हारबाट नेपालको सुरुआत

तस्बिर - एसीसी

Classic Tech Internet Ad

काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ ।

युएईमा शुक्रबार भएको खेलमा नेपाल टेस्ट राष्ट्र बंगलादेशसँग १ सय ५४ रनले पराजित भएको हो ।

सारजाह क्रिकेट मैदानमा बंगलादेशले दिएको २ सय ९८ रनको लक्ष्यसहित ब्याटिङ गरेको नेपालले ४२ ओभर ३ बलमा अलआउट हुँदै १ सय ४३ रन मात्र बनाउन सक्यो।

नेपालका लागि गुलशन झाले सर्वाधिक ३५ रन बनाए । विवेक यादवले २६ रनमा आउट भए ।

यस्तै विवेक मगरले ३३ रन जोड्दा अर्जुन साउदले १५ रन बनाए ।

Image

कप्तान देव खनाल १२ रनमा आउट हुँदा बसिर अहमेद ८, अर्जुन कुमाल ५ र सन्तोष कार्की ३ रनमा आउट भए ।

बंगलादेशका तान्जिम हसन शकिब, राकिबुल हसन, मेहेरुब र नईमुर रोहमानले २/२  विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९७ रन बनायो ।

बंगलादेशका लागि प्रान्तिक नबिलले अविजित रहदै १ सय २७ रनको शतकीय इनिङ्स खेले ।

रिटायर्ड हर्ट भएका मोहमद फाहिमले ५८ रनको अर्धशतकीय इनिङ्स खेल्दा एच मोल्लहले २२ रन बनाए ।

Image

यस्तै मेहरुब हसन र इफ्ताकर होसेनले २१/२१ रन जोड्दा महफिजुल इस्लामले १७ रन बनाए ।

नेपालका गुलशन झा,तिलक राज भण्डारी र मोहमद आदील आलमले १/१ विकेट लिए ।

जितसँगै समूह बी मा रहेको बंगलादेशले २ अंक जोडेको छ । बंगलादेश शीर्ष स्थानमा छ ।

नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ ।

नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध आइतबार खेल्नेछ ।

यस्तै नेपालले समूह चरणको अन्तिम खेल कुवेतविरुद्ध डिसेम्बर २८ मा खेल्नेछ ।

दुबै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

दुबै सेमिफाइनल डिसेम्बर ३० मा हुनेछ । 

फाइनल भने जनवरी १ मा हुने तालिका रहेको छ ।

Bajaj Pulsar Motorcycle Ad
यू-१९ एसिया कप : हारबाट नेपालको सुरुआत

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट

मुख्य प्रशिक्षक हर्षल भन्छन्–  महिला क्रिकेट टिम विश्वकपमा छनोट हुने सम्भावना छ

मुख्य प्रशिक्षक हर्षल भन्छन्– महिला क्रिकेट टिम विश्वकपमा छनोट हुने सम्भावना छ

Bajaj Pulsar Motorcycle Ad
चिरञ्जीवीको कप्तानीमा हेल्प नेपालले खेल्ने

चिरञ्जीवीको कप्तानीमा हेल्प नेपालले खेल्ने

सलिनाको कप्तानीमा प्रतिभाको कमब्याक

सलिनाको कप्तानीमा प्रतिभाको कमब्याक

 कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

नसारको जितमा रोनाल्डोको असिस्ट

नसारको जितमा रोनाल्डोको असिस्ट

धिरोजको कप्तानीमा  बुढानिलकण्ठले नवौं एनभीए च्याम्पियनसिप खेल्ने

धिरोजको कप्तानीमा बुढानिलकण्ठले नवौं एनभीए च्याम्पियनसिप खेल्ने

नवौं एनभीए  च्याम्पियनसिप : पहिलो दिन नै पुलिसका दुवै टोलीको खेल

नवौं एनभीए च्याम्पियनसिप : पहिलो दिन नै पुलिसका दुवै टोलीको खेल

डेलाप र एस्टेभाओको पुनरागमन

डेलाप र एस्टेभाओको पुनरागमन

मजर भन्छन्– रुकुमलाई उपाधि  जिताउने लक्ष्यसहित कोर्टमा उत्रिन्छौं

मजर भन्छन्– रुकुमलाई उपाधि जिताउने लक्ष्यसहित कोर्टमा उत्रिन्छौं