काठमाडौं । भारतीय बलर हर्बजन सिंहले सबै खाले फर्म्याटको क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
४१ वर्षीय अफ सिनिपर सिंहले शुक्रबार सामाजिक संजालबाट सबै खाले क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।
सिंहले भारतका लागि १ सय ३ टेस्ट, २ सय ३६ एकदिवसीय र २८ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका थिए ।
उनले टेस्टमा ४ सय १७ विकेट, एकदिवसीयमा २ सय ६९ र टी-ट्वान्टीमा २५ विकेट हात पारेका थिए ।
उनले भारतका लागि १९९८ देखि २०१६ सम्म खेलेका थिए ।
भारतले २००७ को टी-ट्वान्टी विश्वकप र २०११ को विश्वकप जित्दा उनी टिममा थिए ।
सिंहले कुल ३ हजार ५ सय ६९ रन जोड्दा दुई शतक र ९ अर्धशतक प्रहार गरेका थिए ।