काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटमा टेस्ट राष्ट्र बंगालदेशले नेपाललाई जितका लागि २ सय ९८ रनको लक्ष्य दिएको छ ।
सारजाह क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९७ रन बनायो ।
बंगलादेशका लागि प्रान्तिक नबिलले अविजित रहदै १ सय २७ रनको शतकीय इनिङ्स खेले ।
रिटायर्ड हर्ट भएका मोहमद फाहिमले ५८ रनको अर्धशतकीय इनिङ्स खेल्दा एच मोल्लहले २२ रन बनाए ।
यस्तै मेहरुब हसन र इफ्ताकर होसेनले २१/२१ रन जोड्दा महफिजुल इस्लामले १७ रन बनाए ।
नेपालका गुलशन झा,तिलक राज भण्डारी र मोहमद आदील आलमले १/१ विकेट लिए ।
समूह बी मा रहेको नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर २६ मा खेल्नेछ ।
नेपालले समूह चरणको अन्तिम खेल कुवेतविरुद्ध डिसेम्बर २८ मा खेल्नेछ ।
दुबै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
दुबै सेमिफाइनल डिसेम्बर ३० मा हुनेछ ।
फाइनल भने जनवरी १ मा हुने तालिका रहेको छ ।