जोसले तेस्रो टेस्ट गुमाउने
बिहिबार, ०८ पौष २०७८खेलपाटी संवाददाता

काठमाडौं । अष्ट्रेलियाका तीव्र गतिका बलर जोस हाजलउडले इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्ट गुमाउने भएका छन् ।
चोटको कारण हाजलउडले एसेस सिरिज अन्तर्गतको तेस्रो टेस्ट गुमाउने भएका हुन् ।
क्रिकेट अष्ट्रेलियाले हाजलउडले छातीको करङमा चोट लागेको जनाएको छ ।
चोटका कारण उनले दोस्रो टेस्ट गुमाएका थिए ।
उनले पहिलो टेस्टको दोस्रो इनिङ्समा समेत बलिङ गरेका थिएनन् ।
तेस्रो टेस्ट आइतबारबाट सुरु हुनेछ ।
अघिल्लो दुई टेस्टमा इंग्ल्यान्डले जित निकालेको थियो ।
जोसले तेस्रो टेस्ट गुमाउने








-1766479491057.jpeg&w=3840&q=75)



-1766593825391.webp&w=3840&q=75)

-1766583817323.jpg&w=3840&q=75)
