काठमाडौं । अमेरिकाको टेस्ट राष्ट्र आयरल्यान्डमाथि टी–ट्वान्टी क्रिकेटमा २६ रनको ऐतिहासिक जित दर्ता गरेको छ ।
दुई खेलको टी–ट्वान्टी सिरिजमा घरेलु टोली अमेरिकाले १–० को अग्रता समेत बनाएको छ ।
जितका लागि १ सय ८९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर केवल १ सय ६२ रन जोड्न सक्यो ।
आयरल्यान्डका लर्कन टकरले अविजित ५७ रन जोडेपनि त्यो जितका लागि पर्याप्त भएन् । टकरले ४९ बल खेल्दै ३ चौका र २ छक्का हिर्काएका थिए ।
पल स्टर्लिङले ३१ तथा शेन गेटकाटेले १९ रन जोडे ।
अमेरिकाका लागि शौरभ नेत्रभाल्कर, अली खान र निसर्ग पटेलले समान दुई–दुई विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा ६ विकेट गुमाउदै १ सय ८८ रनको योगफल तयार पारेको थियो ।
अमेरिकाका लागि गजानन्द सिंहले सर्वाधिक ६५ रन जोडे । उनले ४२ बलको सामना गर्दा ३ चौका र ५ छक्का प्रहार गरे ।
शुशान्त मोदानीले ३९ बलमा ३ चौका र १ छक्का हिर्काउदै ५० रनको योगदान गरे ।
गजानन्द र शुशान्तले पाँचौ विकेटका लागि १ सय १० रनको साझेदारी गरेका थिए । त्यस अघि अमेरिकाले १६ रन जोड्दा ४ विकेट गुमाएको थियो ।
यता समान ३ चौका र ३ छक्का प्रहार गरेका मार्टी केनले १५ बलमा अविजित ३९ रन जोडे ।
आयरल्यान्डका लागि बेरी म्याककार्थीले सर्वाधिक ४ विकेट हात पारे ।
सिमी सिंह र वेन ह्वाइटले एक–एक विकेट लिए ।
अमेरिकाले पहिलो पटक टेस्ट राष्ट्रविरुद्ध क्रिकेट सिरिजको आयोजना गरिरहेको हो ।
पाहुना टोलीले अमेरिकाविरुद्ध दुई खेलको टी–ट्वान्टी र तीन खेलको एकदिवसिय सिरिज खेल्दैछ ।