काठमाडौं । वेस्ट इन्डिजमा जन्मेर इंग्ल्यान्डका लागि खेलिरहेका फास्ट बलर जोफ्रा आर्चरको खेल जीवन अहिले एक प्रकारले अन्यौलग्रस्त भएको छ ।
कम्तीमा यो जाडो मौसमले उनी खेल्न सक्षम हुने छैनन्, किनभने उनी भर्खरै मात्र एक अर्को कुहिनाको शल्यक्रियाबाट गुज्रेका छन् । उनलाई कुहिनाको चोटले दु:ख दिन थालेको पनि धेरै भयो ।
पछिल्लो मे महिनामा मात्र उनले कुहिनाको पहिलो शल्यक्रिया गराएका थिए र धेरैले सोचेका थिए, अब उनी फेरि मैदानमा देखिने छन् । इंग्ल्यान्डको घरेलु क्रिकेटमा ससेक्सका लागि विश्वास पनि गरिएको थियो । तर उनलाई फेरि दोस्रो शल्यक्रिया आवश्यक परेको थियो र भर्खरै उनी त्यसैबाट गुज्रेका छन् ।
विश्व क्रिकेटमा एक उदयमान र प्रतिशाभाली बलरको खेल जीवन यसले कतै धरापमा पार्ने त होइन्, त्यसबारे पनि चिन्ता बढेको छ ।
धेरैको के अनुमान छ भने कुहिनाको चोटले धेरै दु:ख दिने त गर्दैन्, जति अन्य चोटले दिन गर्छ । तर दोस्रो शल्यक्रिया चाहिएको हुनाले आर्चरको कुहिनामा केही न केही समस्या रहेको प्रस्ट छ ।
आर्चरले बढी नाम कमाएको भनेको वान डे र ट्वान्टी ट्वान्टी क्रिकेटमा हो । टेस्ट क्रिकेटमा पनि उनलाई राम्रै मानिन्छ । अहिले उनको अनुपस्थितिमा इंग्ल्यान्ड टिमलाई पनि अप्ठ्यारो परिरहेको छ ।
फ्रायन्चाइज क्रिकेट टिमको नजर पक्कै पनि आर्चरको यो चोटमा रहेको हुनु पर्छ, किनभने उनी यो क्षेत्रको क्रिकेटमा पनि चलेको नाम हो ।
–बीबीसीको सहयोगमा ।