काठमाडौं । युएईमा आयोजना हुने एसीसी यू-१९ एसिया कप क्रिकेट अन्तर्गत नेपाल र बंगलादेशबीचको खेल सरेको छ ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) ले बुधबार नेपाल र बंगलादेशबीचको खेल एक दिनपछि सरेको जनाएको छ ।
नेपाल र बंगलादेशबीचको खेल बिहीबार हुने तालिका रहेको थियो ।
अब समूह 'बी' मा रहेको नेपाल र बंगलादेशबीचको खेल शुक्रबार हुनेछ ।
यस समूहमा नेपालसँगै बंगलादेश, श्रीलंका र कुवेत रहेका छन् ।
समूह ‘ए’ मा भने आयोजक युएई, भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।
नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर २६ मा खेल्नेछ ।
नेपालले समूह चरणको अन्तिम खेल कुवेतविरुद्ध डिसेम्बर २८ मा खेल्नेछ ।
दुबै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
दुबै सेमिफाइनल डिसेम्बर ३० मा हुनेछ ।
फाइनल भने जनवरी १ मा हुने तालिका रहेको छ ।