काठमाडौं । अष्ट्रेलियाका मार्नस लाबुसेन टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा उक्लिएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा लाबुसेन शीर्ष स्थानमा उक्लिएका हुन् ।
लाबुसेन पहिलो पटक वरीयताको शीर्ष स्थानमा उक्लिएका हुन् । उनले इंग्ल्यान्डका कप्तान जोए रुट र अष्ट्रेलियाका स्टिभ स्मिथलाई पछि पार्दै शीर्ष स्थान हात पारेका हुन् ।
वरीयतामा रुट दोस्रो र स्मिथ तेस्रो स्थानमा रहेका छन् ।
न्युजिल्याण्डका ब्याट्सम्यान केन विलियम्सन चौंथो र भारतका रोहित शर्मा पाँचौ स्थानमा रहेका छन् ।
अष्ट्रेलियाका डेभिड वार्नर छैटौं, भारतका विराट कोहली सातौं, श्रीलंकाका दिमुथ करुनारत्ने आठौं, पाकिस्तानका बाबर आजम नवौं र अष्ट्रेलियाका टार्भिस हेड दशौँ स्थानमा रहेका छन् ।
बलिङतर्फ अष्ट्रेलियाका प्याट कमिन्स शीर्ष स्थानमा यथावत रहेका छन्।
भारतका रविचन्द्र आश्विन दोस्रो, पाकिस्तानका शाहिन शाह अफ्रिदी तेस्रो, न्युजिल्यान्डका टिम साउथी चौंथो र अष्ट्रेलियाका जोस हाजलउड पाँचौ स्थानमा छन् ।
अलराउण्डरतर्फ वेष्ट इन्डिजका जासन होल्डर शीर्ष स्थानमा छन् । भारतका रविचन्द्र आश्विन र भारतकै रबिन्द्र जडेजा तेस्रो स्थानमा रहेका छन् ।