काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै लुम्बिनीले प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।
फाप्ला क्रिकेट मैदानमा ७६ रनको लक्ष्य लुम्बिनीले १२ दशमलब ५ ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो ।
लुम्बिनीको जितमा कप्तान सरस्वती जिएमले सर्वाधिक २९ रनको योगदान गरिन् । २५ बलको सामना गर्दा सरस्वतीले ५ चौका प्रहार गरिन् ।
नितु भण्डारीले १४ रन जोडिन् ।
बागमती प्रदेशका लागि अस्मिना कर्मचार्य, आरती विडारी र खुशी डंगोलले एक–एक विकेट हात पारे ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रन मात्र बनायो ।
बागमतीको लागि हेलिसा गुरुङले सर्वाधिक २८ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
खुशी डंगोलले ९, कन्चन श्रेष्ठले ७, अनिशा मजाकोटीले ५ रनको योगदान क्रिश्मा गुरुङ र कप्तान अश्मिना कर्माचार्यले समान ३/३ रन तथा आरति बिडारीले २ रन जोडिन् ।
लुम्बिनी प्रदेशको लागि मधु डिसीले ३ विकेट हात पारिन् । यस्तै सुस्मिता भुसालले २ तथा नेरी थापा र स्वतिका बजगाईले समान १/१ विकेट लिइन् ।