काठमाडौं । नेपाल ओलम्पियन एसोसियसनले ४ जना ओलम्पियनलाई सल्लाहकार समितिको सदस्यमा नियुक्त गरेको छ।
एसोसियसनका अध्यक्ष दिपक विष्टको अध्यक्षतामा शुक्रबार बसेको पाँचौं बोर्ड बैठकले ४ ओलम्पियनलाई सल्लाहकार समितिमा नियुक्त गरेको हो ।
नियुक्ति हुनेमा सुरेन्द्र हमाल, जितबहादुर केसी, वैकुण्ठ मानन्धर र पुष्पराज ओझा रहेका छन् ।
यस्तै एसोसियसनले नेपाल खेलकुद पत्रकार मञ्चका निर्वतमान अध्यक्ष तथा अंग्रेजी दैनिक द हिमालयन टाइम्सका खेलकुद ब्यूरो प्रमुख महेश आचार्यलाई प्रेस सल्लाहकार नियुक्त गरेको जनाएको छ ।
त्यस्तै पूर्व अध्यक्ष तथा ओलम्पियन उमेश मास्केलाई मानार्थ अध्यक्ष नियुक्त गरिएको एसोसियसनले जनाएको छ ।