एजेन्सी । विश्व नम्बर एक रोमानियाकी सिमोना हालेपले वुमेन्स टेनिस एसोसिएसन (डब्लुटिए) टेनिसको फाइनल्स नखेल्ने भएका छन् ।
ढाडमा समस्या आएपछि हालेपले सिंगापुरमा हुने प्रतियोगिताबाट नाम फिर्ता लिएका हुन् । गत महिना हुवान ओपन टेनिसको दौरान अभ्यास गर्दा हालेपलाई ढाडको समस्या आएको थियो ।
'यो स्तरको प्रतियोगितामा प्रतिस्पर्धा गर्न म तयार छैन,' २७ बर्षीय हालेपले भनेकी छिन्, 'मैले पछिल्लो चार हप्ता प्रशिक्षण गरेको छैन ।'
हालेप नखेल्ने भएपछि उनको स्थानमा १० औं वरीयता प्राप्त ब्रिटिस खेलाडी किकी बेर्टेन्सले प्रतिस्पर्धा गर्ने मौका पाएकी छिन् ।
यस्तै हालेपले प्रतियोगिताबाट नाम फिर्ता लिन आफुलाई निकै कठिन भएको तर स्वास्थ्यलाई मध्यनजर गर्दै प्रतियोगिता नखेल्ने निर्णय लिएको बताईन ।
ठुलो प्रतियोगिताबाट नाम फिर्ता लिनु मेरो लागि यो कठिन निर्णय हो । मेरो खेल करियरमा पहिलोपटक यस्तो भयो । तर, राम्रो स्वास्थ्यको लागि मैले कठिन निर्णय गरे ।' हालेपले भनिन् ।