काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य-सचिव रमेशकुमार सिलवाललाई पदबाट बर्खास्त गर्ने सरकारको निर्णयलाई बुधबार सर्वोच्च अदालतले यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले राखेपका तत्कालीन सदस्य सचिव सिलवाललाई बर्खास्ती गर्ने निर्णयविरुद्ध अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
सरकारले कात्तिक १ गते सिलवाललाई सदस्य सचिवबाट पदमुक्त गर्ने निर्णय गरेको थियो ।
अदालतले नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङलाई नियुक्त गर्ने निर्णय पनि यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
यस्तै अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भनेर पुस १२ गते दुवै पक्षलाई अदालतले बोलाएको छ ।
हेर्नुहोस् अदालतको पूर्णपाठ ।