काठमाडौं । पूर्व दक्षिण अफ्रिकी फास्टबलर डेल स्टेनलाई इन्डियन प्रिमियर लिग (आईपिएल) टिम सनराइजर्स हैदराबादले प्रशिक्षक बनाउने प्रयास थालेको छ ।
स्टेनलाई टिमको बलिङ प्रशिक्षकको रुपमा ल्याउने प्रयास गरिरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अन्तिम समयमा केही कुरा नबिग्रिए, क्लबले आउदो हप्ता उनलाई प्रशिक्षकको रुपमा घोषणा गर्ने तयारी गरेको छ ।
गत अगस्टमा स्टेनले सबैखाले क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।
स्टेनले आईपिएलमा ९५ खेल खेल्दै ९७ विकेट लिएका छन् ।
दक्षिण अफ्रिकाका लागि ९३ टेस्टमा ४ सय ३९ विकेट, १ सय २५ एकदिवसियमा १ सय ९६ विकेट तथा ४७ टी–ट्वान्टीमा ६४ विकेट हात पारेका छन् ।