काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण पोखरामा हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले टिमको बन्द प्रशिक्षण पोखरामा गर्ने निर्णय गरेको हो ।
नेपाली टोलीको बन्द प्रशिक्षण डिसेम्बर २१ बाट सुरु हुनेछ ।
नेपालले नवनियुक्त मुख्य प्रशिक्षक पुबुदु दाशनायाकेको नेतृत्वमा प्रशिक्षण गर्न छ ।
आईसीसी टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोट र आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजका लागि तयारी गर्न लागेको हो ।