काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी यू–१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टिमको घोषणा गरेको छ ।
क्यानले बुधबार देव खनालको कप्तानीमा १५ सदस्सीय टिम घोषणा गरेको हो ।
क्यानले बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम चरणमा १५ खेलाडी छनोट गरेको हो ।
एसिया कप युनाईडेट अरब इमिरेट्स (युएई)मा डिसेम्बर २० देखि जनवरी २ सम्म हुनेछ ।
एसिया कपमा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहने छ ।
एसिया कपको पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने छ ।
समूह ‘बी’ मा रहेको नेपाल र बंगलादेशबीचको खेल डिसेम्बर २३ तारिखमा हुनेछ ।
समूह ‘बी’ मा नेपालसँगै बंगलादेश, श्रीलंका र कुवेत रहेका छन् ।
समूह ‘ए’ मा भने आयोजक युएई, भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।
नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर २६ मा खेल्नेछ ।
नेपालले समूह चरणको अन्तिम खेल कुवेतविरुद्ध डिसेम्बर २८ मा खेल्नेछ ।
दुबै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
दुबै सेमिफाइनल डिसेम्बर ३० मा हुनेछ ।
फाइनल भने जनवरी १ मा हुने तालिका रहेको छ ।
नेपाली टिम :
देव खनाल (कप्तान), शेर मल्ल (उपकप्तान), दिपेश कँडेल, विवेक यादव,गुलशन झा,विवेक राना मगर,सन्तोष कार्की, आदील अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, वासिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैशी, अर्जुन साउद, राहुल भण्डारी
मुख्य प्रशिक्षक - बसन्त शाही
टिम व्यवस्थापक - धर्मराज गिरि