काठमाडौं । अष्ट्रेलियाका पूर्व क्रिकेटर तथा कमेन्टेटर माइकल स्लेटर पक्राउ परेका छन् ।
एक व्यक्तिलाई कम्तिमा ६६ पटक म्यासेज पठाएको तथा ११ पटक फोन गरेपछि उनलाई हिंसा आदेश उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको हो ।
गत अक्टुबरमा माइकलमाथि ठगी गरेको तथा उत्पीडन गरेको आरोप लगाएका व्यक्तिलाई उनले ६६ पटक म्यासेज पठाएको तथा ११ पटकसम्म फोन गरेका थिए ।
अष्ट्रेलियाका लागि ७४ टेस्ट खेल्दै ५ हजार भन्दा बढी रन बनाएका ५१ वर्षीय माइकललाई न्यू साउथ वेल्स प्रहरीले पक्राउ गरेको हो ।
माइकल भिडियो कलमार्फत मेन्ली लोकल कोर्टमा उपस्थित भएका थिए ।
माइकलले केवल साढे दुई घण्टा भित्रै उक्त संख्यामा म्यासेज पठाउनुका साथै फोन गरेका थिए ।
अभियोजनकर्ताले माइकलले पठाएको म्यासेजलाई अत्यन्त उत्पीडक तथा आपत्तीजनक रहेको आरोप लगाए ।
यस अघि गत अक्टोवरमा पनि आफ्नो पाटर्नरलाई उत्पीडन गरेको आरोपमा उनी पक्राउ परेका थिए ।