काठमाडौं । इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटका लागि घरेलु टोली अष्ट्रेलियाले जोस ह्याजलउडको स्थानमा जे रिचर्डसनलाई खेलाउने भएको छ ।
ह्याजलउड घाइते भएपछि उनको स्थानमा रिचर्डसनलाई खेलाउने कप्तान प्याट कमिङ्स सुनिश्चित गरेका हुन् ।
पाँच टेस्ट खेलको एसेस सिरिज अन्तर्गत दोस्रो खेल एडिलेडमा बिहीबारबाट सुरु हुदैछ ।
पहिलो टेस्ट अष्ट्रेलियाले ९ विकेटले जित्दै सिरिजमा १–० को अग्रता बनाएको छ ।
अष्ट्रेलियाले पहिलो टेस्ट खेलेका ह्याजलउडबाहेक कुनै खेलाडीलाई परिवर्तन गरेको छैन ।
यस अघि पहिलो टेस्टमा घाइते भएका डेभिड वार्नर टिममा हुने वा नहुने आशंका उत्पन्न भएपनि उनी भने टिममा अटाएका छन् ।
ह्याजलउडको स्थानका लागि रिचर्डसन र माइकल नेसरबीच प्रतिस्पर्धा चलेपनि रिचर्डसनले मौका पाएका हुन् ।