काठमाडौं । आईसीसी महिला विश्व कप २०२२ को उदघाटन खेलमा आयोजक न्यूजिल्यान्डले वेस्ट इन्डिजको सामना गर्ने भएको छ ।
एकदिवसिय विश्वकपको न्यूजिल्यान्ड र वेस्ट इन्डिजबीचको खेल मार्च ४ मा वे ओभलमा हुनेछ ।
प्रतियोगितामा आयोजक न्यूजिल्यान्ड, अष्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, भारत, वेस्ट इन्डिज, पाकिस्तान र बंगलादेशसहित ८ देशका सहभागिता रहनेछ ।
दोस्रो दिन डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डले ६ पटकका विजेता अष्ट्रेलियाको सामना गर्नेछ ।
भारत र पाकिस्तानबीचको खेल भने मार्च ६ तारिखमा वे ओभलमा हुनेछ ।
राउन्ड रोविनको आधारमा खेलाइने प्रतियोगिताको शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिता अन्तर्गत विभिन्न ६ स्थानमा जम्मा ३१ खेल हुने छ ।
प्रतियोगिताको फाइनल भने अप्रिल ३ मा क्रिसचर्चमा हुनेछ ।