स्टोक्सले गरे नयाँ सम्झौता
मंगलबार, मंसिर २८, २०७८खेलपाटी संवाददाता
काठमाडौं । इंग्ल्यान्डका अलराउण्डर बेन स्टोक्सले काउन्टी क्लब डरहमसँग नयाँ सम्झौता गरेका छन् ।
स्टोक्सले क्लबसँग तीन वर्षे नयाँ सम्झौता गरेका हुन् ।
सम्झौतासँगै स्टोक्सले २०२४ सम्म डरहमबाट काउन्टी च्याम्पियनसिप खेल्ने छन् ।
३० वर्षीय स्टोक्सले २०१३ मा डरहमबाट काउन्टी च्याम्पियनसिपको उपाधि जितेका थिए ।
स्टोक्स सन् २००९ बाट डरहममा रहेका छन् ।
विश्वकप विजेता स्टोक्सले २०१० मा काउन्टी च्याम्पियनसिपमा डेब्यु गरेका थिए ।
उनले ६४ फस्ट क्लास क्रिकेट खेलेका छन् ।
स्टोक्सले गरे नयाँ सम्झौता









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

