काठमाडौं । घरेलु टोली पाकिस्तानले पहिलो टी-ट्वान्टीमा वेस्ट इन्डिजलाई हराएको छ ।
कराँचीमा सोमबार भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ६३ रनले हराएको हो ।
यस जितसँगै पाकिस्तानले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
पाकिस्तानले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो ।
वेस्ट इन्डिजका लागि साई होपले ३१ रन जोड्दा ओडिन स्मिथले २४ रन बनाए ।
रोभमान पावेलले २३ तथा रोमारियोले २१ रन बनाए ।
पाकिस्तानका मोहमद वासिमले ४ तथा शादब खानले ३ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर २०० रन बनाएको थियो ।
पाकिस्तानका मोहमद रिजवानले ७८ रनको इनिङ्ग खेल्दा हेइदर अलीले ६८ रनको अर्धशतकीय इनिङ्स खेले ।
मोहमद नवाज ३० रनमा अविजित रहे ।
वेस्ट इन्डिजका रोमारियोले २ विकेट लिए ।