काठमाडौं । पीएम कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पीएम कपको खेल तालिका सार्वजनिक गरेको हो ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुने पीएम कप महिला क्रिकेट पुस ३ देखि ११ गतेसम्म हुनेछ ।
क्यानले सार्वजनिक गरेको तालिका अनुसार पुस ३ गते हुने पहिलो खेलमा प्रदेश-१ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
त्यहिँ दिन दोस्रो खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा प्रदेश-१, लुम्बिनी प्रदेश,बागमती प्रदेश,कर्णाली प्रदेश रहेको छ ।
समूह बी मा नेपाल एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश-२ रहेको छ ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
फाइनल खेल पुस ११ गते हुनेछ ।
खेल तालिका ;