अपमान भएको भन्दै कमरानले पिएसएल नखेल्ने
सोमबार, मंसिर २७, २०७८खेलपाटी संवाददाता

काठमाडौं । आफ्नो अपमान भएको भन्दै पाकिस्तानका विकेटविकपर ब्याट्सम्यान कमरान अकमलले यस सिजनको पाकिस्तान सुपर लिग (पिएसएल) नखेल्ने भएका छन् ।
आईतबार भएको ड्राफ्टमा सबैभन्दा तल्लो श्रेणीमा छनोट भएपछि अकमलले आगामी वर्ष हुने पिएसएल नखेल्ने भएका हुन् ।
पेशावर जल्मीले उनलाई सबैभन्दा तल्लो श्रेणीमा छनोट गरेको हो ।
अकमललाई डायमन्ड श्रेणीबाट गोल्ड श्रेणीमा झारिएको थियो तर पेशावरले उनलाई सिल्भर श्रेणीबाट टिममा भित्र्याएको थियो ।
अकमलले आफूले उक्त अपमानसहित खेल्न नसक्ने बताएका छन् ।
अकमल पिएसएलमा सबैभन्दा बढी खेल खेल्ने खेलाडी तथा सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा रहेका छन् ।
अकमलले ६९ खेलमा १ हजार ८ सय २० रन जोडेका छन् । बाबर आजमले भने ५८ खेलमा २ हजार ७० रन जोडेका छन् ।
कमरान अकमल









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

