इंग्ल्यान्डको टिममा ब्रोड र जेम्स
सोमबार, मंसिर २७, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्ल्यान्डले अष्ट्रेलियाविरुद्धको एसेस सिरिज अन्तर्गतको दोस्रो टेस्ट क्रिकेटका लागि बलरद्धय स्टुआर्ड ब्रोड र जेम्स एन्डरसनलाई टिममा समावेश गर्ने भएको छ ।
इंग्ल्यान्डका मुख्य प्रशिक्षक क्रिस सिल्भरउडले ब्रोड र एन्डरसनलाई टिममा समावेश गर्ने सुनिश्चित गरेका हुन् ।
दोस्रो टेस्ट बिहीबारबाट एडिलेडमा सुरु हुनेछ ।
एन्डरसनलाई कामको बोझ कम गर्नका लागि ब्रिसबेनमा भएको पहिलो टेस्टमा समावेश गरिएको थिएन ।
त्यसैगरी पहिलो टेस्टमा ब्रोडको स्थानमा ज्याक लिचलाई मौका दिइएको थियो ।
ब्रोडको स्थानमा लिचलाई मौका दिइएपछि प्रशिक्षकको आलोचना भएको थियो ।
पाँच खेलको सिरिजको पहिलो टेस्टमा इंग्ल्यान्डले ९ विकेटको पराजय भोगेको थियो ।
एसेस सिरिज









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

