काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट संघले दिवाकार घले र किरण राणालाई सदस्यमा नियुक्त गरेको छ ।
संघको दोस्रो वार्षिक साधारणसभाले रिक्त रहेको तीन सदस्यको पदमध्ये दुईमा घले र राणालाई नियुक्त गरेको हो ।
त्यसैगरी संघले सल्लाहाकारमा ठाकुर प्रताभ थापासहित तीन जनालाई नियुक्त गरेको छ ।
साधारणसभामा बोल्दै संघका अध्यक्ष अमित पाण्डेले काठमाडौं सधै नेपाली क्रिकेटको उर्भरभूमिका रुपमा क्रियाशिल रहँदै आएको र आगमी दिनमा पनि रहने विश्वास व्यक्त गरे ।
पाण्डेले कोभिड–१९ का कारण पछिल्ला केही कार्यक्रम गर्न नसकेको भन्दै अवस्था सामान्य बन्दै गएकोले पुरानो जोश र जागरका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
सचिव बसन्त राज सत्यालले संघको भावी योजनाहरु प्रस्तुत गरे ।
उनका अनुसार संघले ग्रासरुट कार्यक्रम अन्तर्गत जुनियर छात्र र छात्रा क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको छ । त्यसैगरी, मंसिर २९ गतेबाट जिल्लास्तरिय प्रतियोगिता आयोजना गर्ने तयारी रहेको जानकारी गराए ।
सत्यालका अनुसार संघले चाडै क्रिक्रेट एकेडेमी संचालन गर्ने लक्ष्य रहेको बताए ।
कार्यक्रममा संघका उपाध्यक्ष विजय शर्मा, नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य छनोटकर्ता उत्तम कर्माचार्य, नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)का पूर्व अध्यक्ष तथा एआईपिएसका कोषध्यक्ष निरंजन राजवंशी र एनएसजेफका अध्यक्ष दुर्गानाथ सुवेदीले संघको वार्षिक साधरणसभाको अवसरमा शुभकामना दिएका थिए ।