वेस्ट इन्डिजका तीन खेलाडीमा कोरोना संक्रमण
आइतबार, २६ मंसिर २०७८खेलपाटी संवाददाता

काठमाडौं । वेस्ट इन्डिज क्रिकेट टिमका तीन खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ।
वेस्ट इन्डिजका शेल्डोन कोट्रेल, रोस्टन चेस र केली मेयर्सलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
घरेलु टिमसँगको सिरिजका लागि पाकिस्तान आईपुगेका उनीहरुमा कोरोना देखिएको हो ।
वेस्ट इन्डिजको म्यानेजमेन्ट टिमका एक जनमा समेत कोरोना देखिएको छ ।
तीनै खेलाडीले टी-ट्वान्टी सिरिज गुमाउने सम्भावना रहेको छ ।
वेस्ट इन्डिजले पाकिस्तानसँग तीन टी–ट्वान्टी र तीन एकदिवसीय सिरिज खेल्नेछ ।
पहिलो टी-ट्वान्टी सोमबार हुनेछ ।
वेस्ट इन्डिजका तीन खेलाडीमा कोरोना संक्रमण







-1766305902285.jpeg&w=3840&q=75)

-1766367982945.webp&w=3840&q=75)

-1766318481555.jpeg&w=3840&q=75)
