पाकिस्तान–वेस्ट इन्डिज सिरिजमा ८८९ कमान्डो खटाइने
शुक्रबार, मंसिर २४, २०७८खेलपाटी संवाददाता

काठमाडौं । वेस्ट इन्डिजविरुद्धको क्रिकेट सिरिजलाई लिएर पाकिस्तानले कराँचीमा ८ सय ८९ कमान्डोलाई खटाउने भएको छ ।
पाहुना टोली वेस्ट इन्डिजले पाकिस्तानविरुद्ध डिसेम्बर १३ देखि तीन टी–ट्वान्टी र तीन एकदिवसिय क्रिकेट खेल्नेछ ।
त्यसैको कडा सुरक्षाका लागि पाकिस्तानले ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गर्न लागेको हो ।
पाकिस्तानले ५ हजार ६ भन्दा बढी सुरक्षाकर्मीहरु खटाउने भएको छ । जसमा ४६ डिएसपी, ५० जना महिला अधिकारी, ५ सय र्यापिड रेस्पोन्स फोर्ससमेत रहेका छन् ।
त्यसका अलावा सादा पोसाकका सुरक्षाकर्मीहरुलाई होटेल, पार्किङ तथा अन्य स्थानमा खटाइने छ ।
केही समय अघि इंग्ल्यान्ड र न्यूजिल्यान्डले सुरक्षा तथा अन्य कारण देखाउदै पाकिस्तानको भ्रमण रद्द गरेको थियो ।
पाकिस्तान–वेस्ट इन्डिज सिरिज










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)
