काठमाडौं । अष्ट्रेलियाविरुद्धको एसेस सिरिज अन्तर्गतको पहिलो टेष्टको तेस्रो दिनको समाप्तीमा इंग्ल्यान्ड ५८ रनले पछि परेको छ ।
पहिलो इनिङ्समा १ सय ४७ रनमा आउट भएको इंग्ल्यान्डले दोस्रो इनिङ्समा २ विकेट गुमाउदै २ सय २० रन जोडेको छ ।
अष्ट्रेलियाले पहिलो इनिङ्समा ४ सय २५ रन जोडेपछि इंग्ल्यान्डले दोस्रो इनिङ्स थाल्दा २ सय ७८ रनले पछि परेको थियो ।
ट्राभिस हेडले १ सय ५२ रन जोडेपछि अष्ट्रेलियाले ठूलो योगफल तयार पार्न सफल भएको हो ।
तर तेस्रो दिनको समाप्तीसम्ममा ५८ रनले पछि परेको इंग्ल्यान्डले केवल दुई विकेट मात्र गुमाएको छ ।
कप्तान जो रुट ८६ तथा डाविड मलन ८० रन जोड्दै क्रिजमा रहेका छन् ।
रुट र मलनले तेस्रो विकेटका लागि १ सय ५९ रनको साझेदारी गरिसकेका छन् ।
ओपनर हसिव हमिद २७ र रोरी वन्र्स १३ रनमा आउट भए ।
अष्ट्रेलियाका कप्तान प्याट कमिङ्स र मिचेल स्टार्कले एक–एक विकेट हात पारेका छन् ।
अष्ट्रेलियामा जारी एसेस सिरिज अन्तर्गत दुई टिमले पाँच टेस्ट खेल्नेछन् ।