काठमाडौं । पाकिस्तानका पूर्व कप्तान तथा अलराउण्डर शाहिद अफ्रिदीले क्वेटा ग्लाडियटर्सबाट २०२२ को पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भएका छन् ।
ग्लाडियटर्सले अफ्रिदीलाई नयाँ सिजनको लागि अनुबन्ध गरिएको जनाएको छ ।
'क्वेटा ग्लाडियटर्समा आबद्द भएकोमा म निकै उत्साहित छु,' उनले भनेका छन् ।
अफ्रिदीले गत सिजन मुल्तान सुल्तानबाट खेलेका थिए ।
४१ वर्षीय अफ्रिदीको पीएसएलमा यो अन्तिम सिजन समेत हो ।
आगामी सिजनबाट उनलाई पीएसएलमा देखिने छैन ।
अफ्रिदीले यस अघि कराँची किङ्स र पेशेवर जाल्मीबाट समेत पीएसएल खेलिसकेका छन् ।
अफ्रिदीले नेपालमा आयोजना हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट समेत खेलेका थिए । उनले काठमाडौं किङ्स-११ बाट चौंथो संस्करणको ईपीएल खेलेका थिए ।