काठमाडौं । इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टमा अष्ट्रेलियाले १ सय ९६ रनको अग्रता बनाएको छ ।
ब्रिसबेनमा जारी टेस्टको दोस्रो दिनको समाप्तीसँगै घरेलु टोली अष्ट्रेलियाले पहिलो इनिङ्समा १ सय ९६ रनको अग्रता बनाएको हो ।
दोस्रो दिनको समाप्तीसम्ममा अष्ट्रेलियाले ७ विकेट गुमाउदै ३ सय ४३ रन जोडेको छ ।
ट्राभिस हेड १ सय १२ रनमा अविजित छन् भने मिचेल स्टार्क १० रनमा अविजित छन् ।
ओपनर डेभिड वार्नर ९४ रन बनाउदै आउट भए । उनले शतक बनाउन केवल ६ रनले चुके ।
मार्नस लाबुचाने ७४ रनमा आउट भए ।
इंग्ल्यान्डका ओली रोविनसनले सर्वाधिक ३ विकेट हात पारे ।
क्रिस ओक्स, मार्क उड, ज्याक लिच र जो रुटले एक–एक विकेट हात पारे ।
यस अघि खेलको पहिलो दिन बुधबार पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड १ सय ४७ रनमा अलआउट भएको थियो ।
इंग्ल्यान्डका लागि जोस बटलरले सर्वाधिक ३९ रन जोडेका थिए ।
अष्ट्रेलियाका कप्तान प्याट कमिङसले सर्वाधिक ५ विकेट लिएका थिए ।