युनाईटेड समूह विजेता
बिहिबार, २३ मंसिर २०७८खेलपाटी संवाददाता

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ ।
बुधबार राति भएको खेलमा युनाईटेडले स्विस क्लब योङ बोइजसँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा नवौं मिनेटमा मासन ग्रीनउडले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ४२ औं मिनेटमा फाबियन राइडरले गोल गर्दै योङ बोइजलाई १-१ गोलको बराबरीमा फर्काए ।
योङविरुद्ध बराबरीमा रोकिएपनि युनाईटेड समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ ।
समूह एफको युनाईटेडले ६ खेलमा ११ अंक जोड्यो ।
योङ ४ अंक जोडेर समूहको पुछारमा रह्यो ।
युनाईटेड समूह विजेता












-1777729409687.jpeg&w=3840&q=75)
-1777729295941.jpeg&w=3840&q=75)