काठमाडौं । ब्याट्सम्यान रोहित शर्मा भारतको एकदिवसीय क्रिकेटको कप्तान नियुक्त भएका छन् ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईको छनोट समितिले रोहितलाई कप्तान चयन गरेको हो ।
विराट कोहलीलाई हटाएर बीसीसीआईले रोहितलाई कप्तान चयन गरेको हो । रोहित यस अघि उपकप्तान रहेका थिए ।
यससँगै रोहितले भारतको एकदिवसीय र टी-ट्वान्टीको कप्तानी गर्ने भएका छन् । टेस्टको कप्तानी भने विराटले नै गर्ने छन् । रोहित टेस्टको उपकप्तान रहने छन् ।
दक्षिण अफ्रीकाविरुद्धको एकदिवसीय सिरिज अघि भारतले रोहितलाई कप्तान चयन गरेको हो ।