रसेलले मेलवर्न स्टार्सका लागि खेल्ने
बुधबार, मंसिर २२, २०७८खेलपाटी संवाददाता

काठमाडौं । वेस्ट इन्डिजका आन्द्रे रसेलले अष्टे«लियाको बिग बास लिग (बीबीएल)मा मेलवर्न स्टार्सका लागि खेल्ने भएका छन् ।
डिसेम्बर ५ बाट सुरु भएको बीबीएलका लागि रसेलले स्टार्सका लागि खेल्ने टिमले जनाएको छ ।
रसेलले केवल पाँच खेलका लागि सम्झौता गरेका छन् ।
उनी स्टार्सका पाँचौ विदेशी खेलाडी हुन् ।
यसअघि क्वाइस अहमद, जो क्लार्क, सायद फारिडन र हरिस राउफलाई स्टार्सले टिममा भित्र्याएको थियो ।
स्टार्सले आफ्नो पहिलो खेलमा भने डिफेन्डिङ च्याम्पियन सिड्नी सिक्सर्सविरुद्ध १ सय ५२ रनको पराजय भोगेको थियो ।
रसेलको स्टार्सका लागि पहिलो खेल सिड्नी थन्डर्सविरुद्ध शुक्रबार हुनेछ ।
यस अघि रसलले थन्डर्सका लागि सन् २०१४ देखि २०१७ सम्म तीन सिजन खेलेका थिए ।
उनले १७ खेलमा २ सय ९६ रन बनाउनुका साथै २३ विकेट हात पारेका थिए ।
आन्द्रे रसेल










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)
