काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङ र राखेपका नवनियुक्त बोर्ड सदस्यलाई बागमती प्रदेश खेलकुद विकास परिषद्ले आइतबार एक कार्यक्रमबीच बधाइ दिएको छ ।
घिसिङसहित बोर्ड सदस्यहरु पेमा डोल्मा लामा, जनकप्रसाद गर्तौला, दीपेन्द्र विष्ट, मोहम्मद फाजिल, श्रीमान थापा मगर, विना श्रेष्ठ र प्रकाशकुमार कुसारीलाई कार्यक्रमका प्रमुख अतिथि राखेप उपाध्यक्ष शिव कोइराला, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतका पदाधिकारीले कार्यकाल पूर्ण सफलताकाका लागि शुभकामना दिदै बधाइ दिए ।
सिंहदरबारमा गत सोमबार बसेको मन्त्रीपरिषद बैठकले घिसिङलाई राखेपको सदस्य सचिव बनाउने निर्णय गरेको थियो।
युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्ले घिसिङलाई सदस्य सचिवको निर्णय गरेको हो ।