काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुदमा नयाँ युगको सुरुवात गर्ने संकल्प गरेका छन् ।
युवा तथा खेलकुद मन्त्रालयमा मंगलबार सदस्य सचिवको सपथ लिएपछि बोल्दै घिसिङले खेलकुदमा नयाँ युगको सुरुवात गर्ने संकल्प व्यक्त गरे ।
‘खेलकुदमा नयाँ युगको सुरुवात गर्ने संकल्प गर्दछु,’ घिसिङले भने ।
घिसिङले राष्ट्रिय टिमको सुधारमा जोड दिने तथा अन्तर्राष्ट्रिय एरिनामा नेपाल किन पहिलो हुन नसकेकोबारेमा ध्यान दिएर काम गर्न आवश्यक रहेको बताए ।
‘राष्ट्रिय टिमको सुधारलाई जोड दिने छु । अन्तराष्ट्रिय एरिनामा हामी किन पहिलो हुन सकेनौं त्यसमा ध्यान दिएर काम गर्न आवश्यक छ,’ उनले थपे ।
घिसिङले आफूले आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता समेत जनाए ।
उनले आफूलाई सदस्यसचिव जस्तो गरिमामय पदमा नियुक्त गरेकोमा युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद समेत दिए ।
मंगलबार युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रमकाबीच घिसिङले सपथ लिए ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले घिसिङलाई सपथ खुवाएका थिए ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई राखेपको सदस्य सचिव बनाउने निर्णय गरेको थियो ।
युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्ले घिसिङलाई सदस्य सचिवको निर्णय गरेको हो ।