काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनियताको सपथ लिएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा मंगलबार आयोजित कार्यक्रमकाबीच घिसिङले सपथ लिएका हुन् ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले घिसिङलाई सपथ खुवाएका थिए ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई राखेपको सदस्य सचिव बनाउने निर्णय गरेको थियो ।
युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्ले घिसिङलाई सदस्य सचिवको निर्णय गरेको हो ।
खेलकुद मन्त्री गहतराजले सदस्य सचिवका लागि तीन जनाको नाम मन्त्रीपरिषद्मा पेश गरेको थियो ।
माओवादीका बागमती प्रदेश कमिटी सदस्य समेत रहेका नेपाल रग्बी संघका अध्यक्ष घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रीपरिषदअ पेश गरिएको थियो ।
मन्त्रालयले गठन गरेको सदस्य सचिव सिफारिस समितिले घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम सिफारिस गरेको थियो ।
सदस्य सचिव बन्न निवेदन दिएका १८ जनासंग अन्तरवार्ता र कार्ययोजनाको प्रस्तुती सकेर समितिले एक महिला सहित तीन जनाको नाम तयार गरेको थियो ।
राष्ट्रिय खेलकुद विकास ऐनले सिफारिस समितिले एक महिला सहित तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नुपर्ने प्रावधान राखेको छ ।
सरकारले कात्तिक १ गते तत्कालिन राखेप सदस्य सचिव रमेशकुमाल सिलवाललाई पदमुक्त गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयविरुद्ध रमेशकुमार सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
सरकारले राखेपको रिक्त रहेको सदस्य सचिव पदमा खेलकुद ऐन अनुसार नयाँ नियुक्ति गरेको हो ।