काठमाडौं । बंगालदेशविरुद्धको तीनखेलको टी–ट्वान्टी क्रिकेट सिरिज पाहुना टोली पाकिस्तानले क्लिनस्विप गरेको छ ।
शेरे बंगला नेशनल स्टेडियम, मिरपुरमा भएको तेस्रो खेल पाकिस्तानले ५ विकेटले जित्दै सिरिज क्लिनस्विप गरेको हो ।
१ सय २५ रनको लक्ष्य पाकिस्तानले ५ विकेट गुमाएर अन्तिम बलमा पुरा गर्यो ।
पाकिस्तानको जितमा हैदर अलीले सर्वाधिक ४५ रन जोडे ।
मोहम्मद रिजवानले ४० रनको योगदान गरे । कप्तान बाबर आजमले १९ रन जोडे ।
बंगलादेशका महमदुल्लाहले तीन विकेट हात पारे । शोहीदुल इस्लाम र अमिनुल इस्लामले एक–एक विकेट लिए ।
यस अघि ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय २४ रन जोडेको थियो ।
बंगलादेशका लागि मोहम्मद नइमले सर्वाधिक ४७ रनको योगदान गरेका थिए ।
समिम होसेनले २२ तथा अफिफ होसेनले २० रन जोडे ।
पाकिस्तानका लागि मोहम्मद वासिम र उसमान कादिरले समान दुई–दुई विकेट हात पारे ।
सहनवाज दहानी र हरिस रउफले एक–एक विकेट लिए ।
यस अघि पाकिस्तानले पहिलो खेल ४ विकेट तथा दोस्रो खेल ८ विकेटले जितेको थियो ।